Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एनएसएलमा ललितपुरको पहिलो जित, पोखरा थन्डर्स पराजित

एनएसएलमा ललितपुरको पहिलो जित, पोखरा थन्डर्स पराजित

बुधवार , चैत्र १९, २०८१

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)मा साविक विजेता ललितपुर सिटी एफसीले पहिलो जित दर्ता गरेको छ ।

बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा ललितपुरले पोखरा थन्डर्सलाई ३-२ ले पराजित गरेको हो ।

ललितपुरको जितमा जोनाथन कान्टिलाना दुई र इमोह इजेकेलले एक गोल गरे । यस्तै पोखरा थन्डर्सका लागि समीर तामाङ र जोए आइडुले एकएक गोल गरे । यो पोखराको दोस्रो हार हो ।

पोखराले पहिलो खेलमा एफसी चितवनसँग २-० को हार व्यहोरेको थियो। ललितपुरले उद्‍घान खेलमा काठमाडौं रेजर्ससँग २-२ बराबरीको खेल खेल्दै अङ्क बाँडेको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077