Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बटलरको विस्फोटक ब्याटिङमा गुजरातले बेङ्गलुरुलाई हरायो

बटलरको विस्फोटक ब्याटिङमा गुजरातले बेङ्गलुरुलाई हरायो

बिहिवार , चैत्र २०, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ ।

बुधबार राति सम्पन्न खेलमा गुजरातले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ८ विकेटले पराजित गर्दै अंक तालिकामा २ अंक जोडेको हो । बेङ्गलुरुले दिएको १ सय ७० रनको लक्ष्य गुजरातले १७ ओभर ५ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

गुजरातका जोस बटलरले अविजित ७३ रन बनाए । बेङ्गलुरुका जोस हेजलवुड र भुवनेश्वर कुमारले समान १ विकेट लिए ।

त्यसअघि एम चेन्नास्वामी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको घरेलु टोली बेङ्गलुरुले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो । बेङ्गलुरुका लागि लियम लिभिङ्स्टोनले ५४ रन बनाए ।

गुजरातका लागि मोहम्मद सिराजले ३ विकेट लिए । गुजरातले खेलेको ३ खेलमध्ये २ मा जीत र १ मा हारका साथ अङ्क तालिकाको चौथो स्थानमा यथावत् छ । गुजरात पहिलो खेलमा पञ्जाब किङ्ग्ससँग पराजित भएको थियो भने दोस्रोमा मुम्बई इन्डियन्सलाई हराएको थियो ।

यस्तै तेस्रो खेलमा पहिलो हार बेहोरेको बेङ्गलुरु ४ अङ्कका साथ तेस्रो स्थानमा छ । बेङ्गलुरुले यसअघि कोलकाता नाइट राइडर्स र चेन्नई सुपर किङ्सलाई हराएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077