Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलमा हैदराबादको लगातार तेस्रो हार

आईपीएलमा हैदराबादको लगातार तेस्रो हार

शुक्रवार , चैत्र २१, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले लगातार तेस्रो हार बेहोरेको छ । हिजोको खेलमा कोलकाता नाइट राइडर्सले हैदराबादलाई ८० रनले पराजित गरेको हो ।

कोलकाताको भने यो दोस्रो जीत हो । कोलकाताले दिएको २०१ रनको लक्ष्य पछ्याएको हैदराबादले १६ ओभर ४ बलमा सबै विकेट गुमाउँदै १२० रन बनाउन सक्यो ।

हैदराबादका हेनरिक क्यालसेनले सर्वाधिक ३३ रन बनाए । कामिन्दु मेन्डिसले २७ रन जोडे । कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान तीन विकेट लिए ।

त्यसअघि इडन गार्डेनमा टस हारेर पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय रन बनाएको थियो ।

कोलकाताका भेंन्कटेश अय्यरले सर्वाधिक ६० रन बनाए । अंगकृश रघुंवशीले ५० रन जोडे । हैदराबादका मोहम्मद शामी, प्याट कमिन्स, जिशन अन्सारी, हर्षल पटेल र कामिन्दु मेन्डिसले समान एक विकेट लिए ।

जीतसँगै कोलकाताले चार खेलबाट चार अङ्क पुर्‍याएर तालिकाको पाचौं स्थानमा उक्लिएको छ । समान खेलमा दुई अङ्क रहेको हैदरावाद पुछारमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077