Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग टोटनह्याम पराजित

इंग्लिस प्रिमियर लिगमा चेल्सीसँग टोटनह्याम पराजित

शुक्रवार , चैत्र २१, २०८१

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा चेल्सीले टोटनह्यामलाई पराजित गरेको छ । गएराति भएको खेलमा चेल्सीले टोटनह्यामलाई १–० गोलले पराजित गरेको हो ।

यो जीतसँगै न्यूक्यासल र म्यानचेस्टर सिटीलाई उछिन्दै चेल्सी ५२ अङ्कसहित लिग तालिकाको चौथो स्थानमा उक्लिएको छ । १४ औं स्थानमा रहेको टोटनह्यामको ३४ अङ्क छ ।

प्रतियोगितामा अब आठ चरणका खेलहरू बाँकी छन् र यसपटक शीर्ष पाँच टोली च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना छ ।

ईपीएलमा लिभरपुल ७३ अङ्कसहित शीर्ष, आर्सनल ६१ अङ्कसहित दोस्रो र नटिङ्घम फरेस्ट ५७ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077