Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलमा लखनउको दोस्रो जित, मुम्बईको तेस्रो हार

आईपीएलमा लखनउको दोस्रो जित, मुम्बईको तेस्रो हार

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले मुम्बई इन्डियन्सलाई १२ रनले पराजित गरेको छ । शुक्रबार लखनउमा भएको खेलमा मुम्बइलाई १२ रनले हराउँदै लखनउले दोस्रो जित हात पारेको हो ।

जितका लागि दुई सय ४ रनको लक्ष्य पछ्याएको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर एक सय ९१ रन बनायो । मुम्बईका सूर्यकुमार यादवले सर्वाधिक ६७ रन जोड पनि टोलीलाई जिताउन सकेनन् ।

लखनउका शार्दुल ठाकुर, आवेस खान, आकाश दिप र दिग्वेश राठीले समान एक विकेट लिए । त्यसअघि लखनउमा घरेलु टोलीले टस हारेर पहिला ब्याटिङ गरेको थियो । उसले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर दुई सय ३ रन बनायो । लखनउका मिचेल मार्श र एडेन मारक्रमले अर्धशतक बनाए । मार्शले सर्वाधिक ६० रन जोडे । मारक्रमले ५३ रन बनाए ।

मुम्बईका कप्तान हार्दिक पाण्ड्याले ५ विकेट लिए । ट्रेन्ट बोल्ट, अश्विनी कुमार र विग्नेश पुथुरले समान एक विकेट लिए ।

जीतसँगै लखनउको ४ खेलमा ४ अङ्क भएको छ । लखनउ तालिकाको छैटौं स्थानमा छ । मुम्बई ४ खेलमा २ अङ्कका साथ सातौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077