Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टी–२० आई सिरिज टोली : नन्दन, शाहव र रिजन पर्दा सन्दिप, आरिफ र अनिल अटाएनन्

टी–२० आई सिरिज टोली : नन्दन, शाहव र रिजन पर्दा सन्दिप, आरिफ र अनिल अटाएनन्

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । हङकङमा हुने चारदेशीय टी–२० आई सिरिजका लागि नेपाली टोली घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले रोहित पौडेलको कप्तानीमा सिरिज खेल्ने १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।

टोलीमा नन्दन यादवसहित शाहव आलम र रिजन ढकालले स्थान बनाउँदा सन्दीप लामिछाने, अनिलकुमार शाह, आरिफ शेख जस्ता खेलाडीले यो सिरिज गुमाउनेछन् ।

नेपालले अप्रिल ९ देखि हङकङमा चारदेशीय टी–२०आई सिरिज खेल्नेछ । पहिलो खेल अप्रिल ९ मा कतार, अप्रिल १० मा कुवेत र अप्रिल १२ मा हङकङसँग खेल्नेछ । अप्रिल १३ मा फाइनल हुनेछ ।

नेपाली टोली
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, लोकेश बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, शाहव आलम, नन्दन यादव, रिजन ढकाल र गुल्सन झा

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077