काठमाडौं । चैत १५ गते राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेको घटनाको छानविन गर्नको लागि अहिले न्यायिक छानविन समिति गठन गर्न माग भइरहेको छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा मावादी केन्द्रदेखि विभिन्न तहमा समेत न्यायिक छानविन समिति गठन गर्न
माग भइरहेको छ । गृहमन्त्री रमेश लेखकले त यसलाई ठाडै अस्वीकार गरिसकेका छन् ।
शुक्रबार संसदको राज्य व्यवस्था तथा सुसासन समितिमा तिनकुने घटनाबारे व्रिफिङ गर्न पुगेका गृहमन्त्री लेखले अहिले न्यायिक छानविन समिति गठन नहुने बताएका थिए ।
आज प्रधानमन्त्री ओलीले पनि अहिले न्यायिक छानविन समिति गठन भइनहाल्ने संकेत देखाए ।
तीनकुने घटनाको निष्पक्ष छानविन हुने बताएका प्रधानमन्त्री ओलीले न्यायिक छानविन हुनपनि सक्ने र नहुन पनि सक्ने बताए ।
थाइल्यान्डको औपचारिक भ्रमणबाट फर्केपछि विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गदै उनले भने–‘अहिले नै न्यायिक छानविन नभनौं, हुनपनि सक्छ, नहुनपनि सक्छ। सबै कुरामा न्यायिक छानविन नै चाहिन्छ भन्ने पनि छैन। त्यो विचार गर्छौँ।’