Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौं : प्रधानमन्त्री ओली

नेपाल–भारत सम्बन्धलाई सुदृढ गर्दै लैजान्छौं : प्रधानमन्त्री ओली

शनिवार , चैत्र २२, २०८१

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीसँगको भेटमा नेपाल–भारतबीचको सम्बन्धलाई अझ व्यापक, विस्तृत र सुदृढ गर्दै लैजाने अठोट व्यक्त भएको बताएका छन् ।

थाइल्यान्डको औपचारिक भ्रमण तथा बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) छैटौँ शिखर सम्मेलनमा सहभागी भई स्वदेश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा आज आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

उनले समकक्षीसँगको भेट निकै फलदायी भएको र आफू खुसी भएको प्रतिक्रिया दिए ।

भारतीय समकक्षीसँगको भेटवार्तामा पारस्परिक सहयोगका विभिन्न क्षेत्रमा सहकार्यसम्बन्धी विचार विमर्श भएको पनि प्रधानमन्त्री ओलीले बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077