Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

चितवनमा घण्टी बजाएर सुरु भयो रास्वपाको ‘जनयात्रा’

चितवनमा घण्टी बजाएर सुरु भयो रास्वपाको ‘जनयात्रा’

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । रास्वपाले चितवनको भरतपुरबाट ‘जनयात्रा’ कार्यक्रम शुभारम्भ गरेको छ ।

शनिबार उपसभापति, सांसद र केन्द्रीय सदस्यहरूले भरतपुर–१० को गेष्ट हाउस चौरमा घण्टी बजाएर कार्यक्रमको औपचारिक सुरुवात गरेका हुन् ।

यो अभियान पार्टीको केन्द्रीय समिति बैठकको निर्णयअनुसार जनतासँग जोडिन आयोजना गरिएको हो।

शुक्रबार साँझ बुटवल उच्च अदालतको तुलसीपुर इजलासले सभापति रवि लामिछानेलाई थुनामा पठाउने आदेश जारी गरेपछि उनी हाल प्रहरी हिरासतमा छन्।

पक्राउ पर्नुअघि उनले जनयात्रा कार्यक्रम नरोक्न पार्टी नेतृत्वलाई निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077