काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने टी–२० अन्तर्राष्ट्रिय शृङ्खलाका लागि १४ जना खेलाडीको नाम सार्वजनिक गरेको छ ।
शृङ्खलाका लागि क्यानले लोकेश बम, साहब आलम र बसिर अहमदलाई लामो समयपछि टोलीमा राखेको जनाएको छ । यस्तै नन्दन यादव पहिलो पटक राष्ट्रिय टोलीमा पर्न सफल भएका छन् ।
क्यनाले रोहित पौडेलको कप्तानीमा आसिफ शेख, कुशल भुर्तेल, लाकेस बम, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, ललित राजवंशी, सोमपाल कामी, करण केसी, साहब आलम, नन्दन यादव, रिजन ढकाल र गुल्शनकुमार झासहित १४ सदस्यीय टोली घोषणा गरेको छ ।
यही चैत २७ गतेदेखि ३१ गतेसम्म हुने शृङ्खलामा नेपाल र घरेलु टोली हङकङसहित कतार र कुवेतले सहभागिता जनाउने छन् ।