Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारले बदला लिने नियतले रवि लामिछानेलाई पक्राउ गर्‍यो : स्वर्णिम वाग्ले

सरकारले बदला लिने नियतले रवि लामिछानेलाई पक्राउ गर्‍यो : स्वर्णिम वाग्ले

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति स्वर्णिम वाग्लेले सरकारले बदला लिने नियतले आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको बताएका छन् ।

शनिबार चितवनबाट रास्वपाले शुभारम्भ गरेको जनयात्रालाई सम्बोधन गर्दै उपसभापति वाग्लेले यस्तो बताएका हुन् ।

उनले सेखी झार्ने र बदला लिने नियतले नै रवि लामिछानेलाई रातारात बेडरूमबाट पक्राउ गरिएको बताए ।

उनले भने, 'यसअघि हिरासतमा राख्दा पनि यस्तै गरिएको थियो। त्यसैलाई पुनरावृत्त गर्न खोजिएको छ ।'

सत्तामा रहेका ठूला दलहरू डराएर रास्वपाको नेतृत्वमाथि प्रहार गरेको उपसभापति वाग्लेको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077