Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेल हाल्ने रविको 'अन्तिम इच्छा' छ : हरि ढकाल

३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेल हाल्ने रविको 'अन्तिम इच्छा' छ : हरि ढकाल

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । रास्वपा नेता हरि ढकालले ३५ वर्षसम्म लुटेकाहरूलाई जेल हाल्ने पार्टी सभापति रवि लामिछानेको 'अन्तिम इच्छा' रहेको बताएका छन् ।

शनिबार चितवनमा आयोजित जनसभालाई सम्बोधन गर्दै ढकालले यस्तो बताएका हुन् ।

लामिछानेलाई गए राति पक्राउ गर्न पुगेका प्रहरीले 'अन्तिम इच्छा' पूरा गर्न भनेका थिए । त्यसको विरोध गर्दै सांसद ढकालले लामिछानेको 'अन्तिम इच्छा' सुनाएका हुन् ।

'यो देशमा किसानको मुहारमा हाँसो ल्याउने अन्तिम इच्छा छ। यो देशको युवा पलायन रोकेर रोजगारी सृजना गर्ने अन्तिम इच्छा छ। यो देशमा दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज बोकेर विधिको शासन स्थापना गर्ने अन्तिम इच्छा छ। यो देश ३५ वर्षसम्म लुटेका भ्रष्टहरूलाई पाता कसेर जेलमा हालेर दश दान बैतर्नी गर्न मन छ,' उनले भने।

ढकालले लामिछानेको मुटुमा रगत नभइ तेजाब रहेको र त्यसले भ्रष्टहरूलाई जलाउने टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077