Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

पूर्वराजालाई विश्वप्रकाशको चुनौती - श्रीपेच चिह्न लिएर चुनाव लड्नु, अनि व्यवस्था बदल्नु

पूर्वराजालाई विश्वप्रकाशको चुनौती - श्रीपेच चिह्न लिएर चुनाव लड्नु, अनि व्यवस्था बदल्नु

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चुनावबाट जनमत सावित गरेर चाहेजस्तो व्यवस्था ल्याउन पूर्वराजा ज्ञानेन्द्र शाहलाई चुनौती दिएका छन् ।

झापाको मेचीनगर, धुलाबारीमा पार्टीले आयोजना गरेको क्षेत्रीय प्रशिक्षण कार्यक्रममा शनिबार उनले यस्तो चुनौती दिएका हुन् । उनले पूर्वराजा शाहलाई आफूसँग जनता छन् भन्ने लागेको भए २०८४ सालको चुनावमा ‘श्रीपेच चुनाव चिह्न’ लिएर दुई तिहाइ जनमत ल्याएर व्यवस्था बदल्न चुनौती दिए ।

‘ चुनावबाट दुई तिहाइ ल्याएर संविधान संशोधन गरेर चाहेको व्यवस्था गर्नुस् । तर, त्यसबाहेकका उपायद्वारा देशलाई अराजकतातिर लिने प्रयास स्वीकार्य हुँदैन,’ महामन्त्री शर्माले भने ।

संविधानसभाको पहिलो बैठकले विधिवत् रूपमा लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको स्मरण गर्दै उनले सडकमा केही समर्थक उतार्दैमा राजावादीले संविधानसभाको निर्णय उल्ट्याउन नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077