Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

विराजभक्त श्रेष्ठ भन्छन् - हामीलाई कालकोठरीमा थुन्न खोजे कल्पवृक्षको बीउ बन्छौँ

विराजभक्त श्रेष्ठ भन्छन् - हामीलाई कालकोठरीमा थुन्न खोजे कल्पवृक्षको बीउ बन्छौँ

शनिवार , चैत्र २२, २०८१

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी का नेता विराजभक्त श्रेष्ठले दुई दलीय तन्त्र लादेर नयाँ र साना दललाई दबाउन खोजिएको आरोप लगाएका छन् ।

चितवनको ‘जनयात्रा’ कार्यक्रममा कांग्रेस र एमालेमाथि कडा प्रहार गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

शनिबार सम्बोधनका क्रममा उनले वर्तमान राजनीतिक र आर्थिक परिस्थिति संकटग्रस्त रहेको बताए।

“अहिलेको राजनीति राम्रो छैन। हामीलाई कालकोठरीमा थुन्न खोजे पनि हामी कल्पवृक्षको बीउ बनेर फर्कन्छौँ, यो कसैले बिर्सनुहुँदैन। हामी फैलिन्छौँ,” उनले दृढतापूर्वक भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077