Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्न कोइरालाको आग्रह

सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गर्न कोइरालाको आग्रह

आइतवार , चैत्र २३, २०८१

 

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार र महासङ्घबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी सरकारसंग आग्रह गरेका छन् ।

शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गरेका हुन् ।

कोइरालाले आईतबार सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्–‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन् । सरकार र महासङ्घबीच भएका सहमति बमोजिम विद्यालय शिक्षा ऐन जारी गरी शिक्षकका समस्या अविलम्ब समाधान गर्ने र शिक्षक कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग आग्रह गर्दछु।’

यता शिक्षक महासंघले भने  शिक्षकहरूको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077