Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जनमत र नाउपाको एकता वार्ता जारी

जनमत र नाउपाको एकता वार्ता जारी

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी(नाउपा) एकीकरणमा सहमति जुटाउन बर्दियामा बैठक बसिरहेको छ ।

आइतबार जारी बैठकले एकताको सहमति गर्ने दुबै दलका नेताहरुले जानकारी गराएका छन् ।

नाउपाले तय गरेको स्थानमा बैठक बस्ने गरी जनमतका नेताहरु बर्दिया पुगेका हुन् ।

दुई दलका कार्यदलले बनाएको खाकाको आधारमा जनमतका अध्यक्ष डा. सीके राउत, नाउपाका संरक्षक रेशम चौधरीले एकताको टुंगो लगाउने भएका हुन् ।

कार्यदलको बैठक जारी रहेको जनमतका प्रवक्ता एवं कार्यदलका सदस्य डा. शरदसिंह यादवले जानकारी गराएका छन् ।

एकतापछिको पार्टी अध्यक्ष डा. राउत, सहअध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी हुनेगरी एउटा विकल्पमा छलफल भएको बताइएको छ । साथै, दुई अध्यक्ष प्रणाली रहने गरी पनि विकल्पमा छलफल भएको दुबै दलका नेताहरुले जानकारी गराएका छन् ।

दुई अध्यक्ष प्रणालीमा पहिलो बरियतामा कार्यकारी अधिकार सहित राउत हुने र दोस्रो वरियतामा श्रेष्ठ हुने गरी छलफल भएको छ । श्रेष्ठ हाल नाउपा अध्यक्ष छिन् भने चौधरी उक्त दलको संरक्षक छन् ।

एकीकृत पार्टीको नाम ‘नागरिक जनमत पार्टी’ राख्ने र चुनाव चिह्न ‘ढकिया’ राख्नेगरी नेताहरु सहमतिउन्मुख छन् ।

पार्टि एकताका लागि जनमतबाट अब्दुल खान, शरदसिंह यादव र बालगोविन्द चौधरी रहेको कार्यदल बनाइएको छ भने नाउपाले गंगाराम चौधरी, सुनिता चौधरी र रामलाल डंगौरा रहेको कार्यदल गठन गरेको छ ।

कार्यदलको आज बसिरहेको बैठक दोस्रोपटक हो ।

जनमतका अध्यक्ष राउत र नाउपा संरक्षक चौधरीले सहमतिका अधिकांश विषय टुंगो लगाइसकेको नेताहरुको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077