Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जीएमसीमा तोडियो अखिल क्रान्तिकारीको किल्ला, अनेरास्ववियुका गौतमले मारे बाजी

जीएमसीमा तोडियो अखिल क्रान्तिकारीको किल्ला, अनेरास्ववियुका गौतमले मारे बाजी

आइतवार , चैत्र २३, २०८१

कैलाली । कैलालीको घोडाघोडी बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका अशोक गौतम विजयी भएका छन् ।

शनिबार भएको निर्वाचनमा नेकपा माओवादी केन्द्रनिकट अखिल क्रान्तीकारीका गणेश भण्डारीलाई हराउँदै गौतम सभापतिमा विजयी भएका हुन् ।

गौतमले ६७० मत ल्याउँदा भण्डारीले ४२८ मत ल्याए । यहाँ अनेरास्ववियु र नेपाल विद्यार्थी संघको संयुक्त प्यानल चुनावी मैदानमा उत्रिएको थियो ।

योसँगै अनेरास्ववियुले घोडाघोडीमा स्ववियु निर्वाचनको इतिहासमै पहिलो जित दर्ता गरेको दाबी गरिएको छ । यसभन्दा अगाडि माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी चुनाव जित्दै आएको थियो ।

यो पटक भने विरासत भत्काउँदै अनेरास्ववियुको संयुक्त प्यानलले जित दर्ता गरेको हो । यस्तै सचिवमा नेविसंघका प्रविण भण्डारी ५५५ मत ल्याएर विजयी भए ।

उनीसँग नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियूका भुवनराज जैसी ४९० मत ल्याउँदै पराजित भए । उता कोषाध्यक्षमा अनेरास्ववियुका सञ्जीवकुमार चौधरी ५६९ मतसहित विजयी भए ।

उनीसँग अखिल क्रान्तिकारीकी यालिशा कुमारी कुँवर ४१६ ल्याएर पराजित भइन् । त्यसैगरी सदस्यमा गौतम पक्षको संयुक्त प्यानलबाट गोविन्द चौधरी, रमेश चौधरी, पद्यमा शाही, खिमा साउद, अनिता विक, सुवास चौधरी विजयी भए भने अखिल क्रान्तिकारिका रोशन चौधरी सदस्यमा निर्वाचित भएका छन् ।

घोडाघोडी बहुमुखी क्याम्पसमा १६ सय ९१ मतदाता रहेकोमा शनिबार मतदान कार्यक्रममा ११ सय २६ जनाले मतदान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077