Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

केएमसीमा विद्यार्थीको पक्षमा पुनः नेतृत्व गर्न तयार यमराज, अनुभव र एजेण्डाका साथ मैदानमा

केएमसीमा विद्यार्थीको पक्षमा पुनः नेतृत्व गर्न तयार यमराज, अनुभव र एजेण्डाका साथ मैदानमा

आइतवार , चैत्र २३, २०८१

धनगढी । सुदूरपश्चिम विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा यही चैत २७ गते हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको सरगर्मी तीव्र बन्दै गएको छ।

कैलाली बहुमुखी क्याम्पसमा विभिन्न विद्यार्थी संगठनका तर्फबाट उम्मेदवारी दर्ता भइसकेको छ भने उम्मेदवारहरू आ–आफ्ना एजेण्डासहित मतदातामाझ पुग्न थालेका छन् ।

यही क्रममा, एक कार्यकालका लागि स्ववियु सभापति भइसकेका यमराज जोशी यसपटक पुनः सभापतिका उम्मेदवारका रूपमा मैदानमा उत्रिएका छन् ।

नेकपा एमाले निकट अनेरास्ववियुका तर्फबाट उम्मेदवार बनेका जोशीले विगत दुई वर्षमा गरेका कामहरूको लेखाजोखा प्रस्तुत गर्दै आगामी कार्यकालका लागि स्पष्ट योजना र कार्यदिशा सार्वजनिक गरेका छन् ।

विद्यार्थीका पक्षमा ‘काम गर्ने सभापति’को दाबी

जोशीले आफ्नो पहिलो प्राथमिकता विद्यार्थीका समस्या समाधान र उनीहरूसँग सहकार्यमा आधारित नेतृत्व रहेको उल्लेख गरेका छन्। “साना देखी ठूला समस्या समाधानका लागि म विद्यार्थीहरूसँगै छु,” उनले प्रतिबद्धता जनाएका छन्।

उनको घोषणापत्रमा ‘पढ्दै कमाउँदै’ अभियान सुरु गर्ने, स्वरोजगारमा जोड दिने, शिक्षक सेवा, लोकसेवा तथा बैंकिङ लगायतका तयारी कक्षाहरूलाई निरन्तरता दिने योजना उल्लेख छ।

शैक्षिक पूर्वाधारमा सुधार र नयाँ कार्यक्रमको प्रतिबद्धता

उनले व्यवस्थित पुस्तकालयको व्यवस्था, अनुसन्धान केन्द्रको स्थापना गरी विद्यार्थीलाई अनुसन्धानमा प्रोत्साहन गर्ने योजना अघि सारेका छन्।

त्यस्तै, क्याम्पस समायोजन प्रक्रिया तुरुन्त सुरु गर्न निर्णायक भूमिका खेल्ने, बी.ई सिभिल, एग्रिकल्चर, हर्बल साइन्सजस्ता प्राविधिक शिक्षाको पठनपाठन सुरु गराउने पनि उनका प्रमुख एजेण्डामध्ये छन् ।

क्याम्पस सुधार र समावेशी नेतृत्वमा जोड

जोशीले क्याम्पसमा ‘स्कुल अफ म्यानेजमेन्ट’ सहित डिन कार्यालय स्थापनाका लागि पहल गर्ने, स्नातकोत्तर तहमा पत्रकारिता विषय सञ्चालन गर्ने, रेडियो केएमसीलाई आवश्यक जनशक्ति तथा प्राविधिक सामग्री उपलब्ध गराउने प्रतिबद्धता पनि जनाएका छन्।

त्यस्तै, स्ववियु नीतिगत सुधार, नियमित खेलकुद प्रतियोगिता तथा खेलाडी सम्मान कार्यक्रम, कम्प्युटर ल्याब स्थापना गरी कम्प्युटर साक्षरता अभियान सञ्चालन गर्ने योजना पनि उनको घोषणापत्रमा समावेश छ।

शारीरिक अपांगता भएका विद्यार्थीलाई अध्ययनका लागि आवश्यक सामग्री उपलब्ध गराउने तथा छात्रवृत्ति वितरण प्रणालीलाई विद्यार्थीको मागअनुसार व्यवस्थित र पारदर्शी बनाउने जोशीका थप प्रतिबद्धता हुन् ।

जोशी विगतको अनुभव, कार्यकुशलता र ठोस एजेण्डाका आधारमा पुनः सभापति बन्ने दौडमा छन्। विद्यार्थीहरूसँग सिधा संवादमा रहँदै उनले आफ्नो घोषणापत्रलाई व्यवहारमा उतार्ने विश्वास दिलाइरहेका छन् ।

जोशीको टिमबाट उपाध्यक्षमा दीपक चौधरी, सचिवमा किरण प्रकाश उपाध्याय, सह सचिवमा सुनिता मिजार र कोषाध्यक्ष पदमा प्रकाश भट्टले उम्मेदवारी दिएका छन् ।

यस्तै सदस्य पदमा अस्मिता कुमारी जोशी, उमेश प्रसाद ओझा, रविता महतो, भुवन मिश्र, हेमन्त प्रसाद जोशी, नवराज बडु, कञ्चन चौधरी, पारस रावल र विपिन कुँवरले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077