Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा गर्‍यौ : सभामुख घिमिरे

राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा गर्‍यौ : सभामुख घिमिरे

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपालले राजनीतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गर्दै एकात्मक राज्य व्यवस्थाबाट संघीय लोकतान्त्रिक गणतन्त्र यात्रा तय गरेको बताएका छन् ।

१५० औँ आईपीयू सभालाई उज्बेकिस्तानमा सम्बोधन गर्दै राजनैतिक द्वन्द्वलाई अन्त्य गर्दै शान्ति र रुपान्तरणको यात्रा तय गरेको बताएका हुन्।

‘नेपालले द्वन्द्वबाट शान्तितर्फ, एकात्मक प्रणालीबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्रतर्फ र बहिष्करणबाट समावेशीतर्फको यात्रा तय गरेको विश्वसामु राख्न पाउँदा खुसी लागेको छ । हामीले राजनैतिक द्वन्द्वलाई मौलिक सम्झौतामार्फत अन्त्य गरी शान्ति र रुपान्तरणको यात्रा तय गरेका छौं । हाम्रो संविधानले सामाजिक न्याय, समानता र समावेशीतालाई सुनिश्चित गरेको छ । नेपालले सामाजिक समावेशितालाई सुनिश्चित गर्न राष्ट्रका उच्च पदहरूका साथै नीति निर्माणका तहमा लैंगिक तथा सामाजिक समावेशिता सुनिश्चितता गरिएका छन्,’ सभामुख घिमिरेले भने ।

उनी थप्छन् ‘समानता र विविध समुदायहरूको प्रतिनिधित्व सुनिश्चित हुने गरी निर्वाचन पद्धति अवलम्बन गरेको छ। राष्ट्रपति र उपराष्ट्रपति फरक लिङ्ग वा समुदायबाट चयन हुनुपर्छ भने दुबै सदनको नेतृत्व फरक लिङ्ग र राजनीतिक दलबाट चयन गरिन्छ। यसका साथै, समावेशितालाई संस्थागत गर्न र न्यायपूर्ण समाजको विकास गर्न लागि विभिन्न संवैधानिक आयोगहरु समेत क्रियाशील छन्।’

उनले सामाजिक विकास र न्यायू जस्तो महत्वपूर्ण विषयमा विचार-विमर्श गर्नु आजको विश्व परिस्थितिमा अत्यन्त सान्दर्भिक रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077