Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुनेछ : शेखर कोइराला

बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुनेछ : शेखर कोइराला

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने टिप्पणी गरेका छन् ।

साहित्यिक पत्रकार संघले आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कोइरालाले यस्तो टिप्पणी गरेका हुन् ।

राष्ट्र बैंकको गभर्नर नियुक्त गर्न पनि बिचौलियाको चलखेलको कुरा आएको भन्दै उनले बिचौलियाको चलखेलमा गभर्नर नियुक्त गरे नेपालकै लागि दुर्भाग्य हुने बताए ।

देशको राजनीति,आर्थिकलगायतका क्षेत्र अत्यन्तै नाजुक रहेको उनको भनाइ छ । उनले बिचौलियाको बिगबिगी हरेक क्षेत्रमा देखिएका जिकिर गरे ।

साथै उनले कांग्रेस–एमालेबीच सरकार बन्दा संविधान संशोधन वा सुधार गर्ने भनिए पनि ९ महिना बित्दा पनि त्यसमा ध्यान दिन नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077