Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

शिक्षकहरुलाई उचाल्दै प्रचण्डले भने–आन्दोलन गरिरहनुहोस्, हामी तपाईंहरूको साथमा छौं

शिक्षकहरुलाई उचाल्दै प्रचण्डले भने–आन्दोलन गरिरहनुहोस्, हामी तपाईंहरूको साथमा छौं

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आन्दोलनरत शिक्षकहरूको माग पूरा गर्न आवश्यक परेमा विशेष अधिवेशन बोलाउन सकिने बताएका छन् ।

नेवा राष्ट्रिय मुक्ति मोर्चाको प्रशिक्षण भेलालाई शुक्रबार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

शिक्षकहरूलाई सताउने काम सरकारले बन्द गर्नुपर्ने बताउँदै उनले भने–‘शिक्षहरूलाई बधाइ भन्न चाहन्छु । तपाई्ंहरूले माग पूरा नभएसम्म आन्दोलन छोडदिन भन्नु भएको छ । जबसम्म माग पूरा हुँदैन, कहिले सिटी बजाउनुस्, कहिले के । हामी तपाईंहरूको साथमा छौं ।’

संसद्‍को विशेष अधिवेशन बोलाउनका आफूले पहल गर्ने बताउँदै उनले भने–‘मैले प्रतिपक्षी सबै दलसँग कुरा गर्न त भ्याएको छैन । प्रतिपक्षीको बैठक बसेर शिक्षकहरूको निम्ति जरुरी पर्‍यो भने संसद्‍को विशेष अधिवेशन बोलाउन सकिन्छ । यसका लागि प्रतिपक्षी दलहरूसँग आजैदेखि छलफल गर्ने मेरो विचार छ । सरकारले शिक्षकहरूलाई सताउने काम नगरोस् ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077