Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा छाडेका छैनौँ : प्रचण्ड

जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा छाडेका छैनौँ : प्रचण्ड

आइतवार , चैत्र २३, २०८१

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जातीय पहिचानका आधारमा राज्य पुनर्संरचना गर्ने एजेण्डा नछाडेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित नेवाः राष्ट्रिय मुक्ति मोर्चाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

उनले जातीय पहिचानको मुद्दा आफूहरूले नछाडेको स्पष्टीकरण दिए ।

उनले संघीयताको संरचना बनाउँदा आफूले १४ प्रदेश बनाउनुपर्ने कुरा संविधानसभामा ‘नोट अफ डिसेन्ट’को रूपमा दर्ज गराएको समेत स्मरण गराए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077