Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

सरकारले गरेका राम्रो कामको प्रचार भएन, अनि जनतामा असन्तुष्टि बढ्यो : गगन थापा

सरकारले गरेका राम्रो कामको प्रचार भएन, अनि जनतामा असन्तुष्टि बढ्यो : गगन थापा

आइतवार , चैत्र २३, २०८१

दाङ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकारले गरेका राम्रो कामको प्रचार गर्नुपर्ने बताएका छन् ।

दाङको तुलसीपुरमा नेपाल थारू संघको नगर र क्षेत्रस्तरीय अधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले यस्तो बताएका हुन् ।

उनले राम्रा कामको प्रचार नहुँदा जनतामा असन्तुष्टि बढेको बताए ।

'स्वास्थ्यका क्षेत्रमा स्वास्थ्य बिमा, वन विकास, आप्रवासन, भौतिक पूर्वाधारका क्षेत्रमा सकारात्मक काम भएपनि प्रचार हुन सकेको छैन, गाउँगाउँमा पुगेर प्रचार गर्नुहोस्', उनले भने ।

उनले संविधानमा देखिएका त्रुटि सच्याउन, संशोधन गर्नका लागि सरकारभित्र र बाहिर रहेका दलहरुसँग बारम्बार छलफल संवादमै रहेको पनि बताए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077