Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सनराइजर्समाथि गुजरातको जित

सनराइजर्समाथि गुजरातको जित

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग क्रिकेटमा गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको छ ।

हिजोको खेलमा हैदराबादले दिएको १५३ रनको लक्ष्य गुजरातले १६ ओभर ४ बलमा तीन विकेट गुमाउँदै पूरा गर्‍यो । गुजरातका कप्तान सुभमन गिलले अविजित ६१ रन बनाए ।

हैदराबादका मोहम्मद शमीले दुई विकेट लिए । त्यसअघि राजीव गान्धी अन्तर्राष्ट्रिय रङ्गशालामा टस हारेर पहिला ब्याटिङ गरेको हैदराबादले २० ओभरमा आठ विकेट गुमाउँदै १५२ रन बनाएको थियो ।

हैदराबादका नितिशकुमार रेड्डीले सर्वाधिक ३१ रन बनाए । गुजरातका मोहम्मद सिराजले सर्वाधिक चार विकेट लिए । हैदराबादले पहिलो खेलमा कोलकाता नाइट राइडर्सलाई पराजित गर्दै विजयी शुरुआत गरे पनि त्यसयताका चार खेलमा लगातार हार बेहोर्दै अङ्क तालिकाको पुछारमा रहेको छ ।

पहिलो खेलमा पञ्जाबसँग हारेको गुजरातको भने यो लगातार तेस्रो जीत हो । गुजरात ६ अङ्कसहित दोस्रो स्थानमा छ । समान अङ्क भएको दिल्ली क्यापिटल्स शीर्ष स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077