Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

दुर्गेश थापाको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक

दुर्गेश थापाको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाली चलचित्र ‘कर्मा’ को शीर्षक गीत सार्वजनिक भएको छ ।

चर्चित गायक दुर्गेश थापाको स्वरमा रहेको यो गीत ओएसआर डिजिटलको युट्युब च्यानलमार्फत आइतबार रिलिज गरिएको हो ।

‘कर्मा’ को शीर्षक गीतमा दुर्गेश थापाले गायन, सङ्गीत र शब्द रचना गरेका छन्। उनकै संयोजनमा तयार भएको यो गीतको मिक्सिङ र मास्टरिङ बिमल छिनालले गरेका हुन् ।

बीट प्रोडक्सन सविन बिष्टको छ भने पृष्ठभूमि स्वरमा आरसी रिमाल र भुषण खतिवडाले साथ दिएका छन् ।

चलचित्र ‘कर्मा’ यही चैत्र २९ गतेदेखि प्रदर्शनमा आउँदै छ।

https://youtu.be/lYTbSgzqCAw

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077