Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म्यानचेस्टर र युनाइटेडले खेले गोलरहित बराबरी, लिभरपुललाई फुलहमले हरायो

म्यानचेस्टर र युनाइटेडले खेले गोलरहित बराबरी, लिभरपुललाई फुलहमले हरायो

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । म्यानचेस्टर सिटी र म्यानचेस्टर युनाइटेडले गोलरहित बराबरी खेलेका छन् ।

वर्ल्ड ट्राफोर्डमा गएराति सिटी र युनाइटेडले गोलरहित बराबरी खेल्दै अंक बाडेका हुन् । सिटी पाँचौं र युनाइटेड १३ औं नम्बरमा छ।

गएराति नै भएको खेलमा लिभरपुल फुलहमसँग ३-२ गोलले पराजित भएको छ। फुलहमको जितमा र्‍यान सेसेग्नन, एलेक्स लोबी र रोद्रिगो मुनिजले गोल गरे । यस्तै लिभरपुलका लागि म्याक अलिस्टर र लुइस डियाजले गोल फर्काए ।

यद्यपि लिभरपुल शीर्षस्थानमा बलियो अवस्थामा छ। उसले ३१ खेलबाट ७३ अंक जोडेको छ। फुलहम ४८ अंकसहित आठौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077