Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली टोलीको बिदाइ

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । यसै सातादेखि हङकङमा सुरु हुने टी–२०आई प्रतियोगिता खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ ।

सोमबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी टोलीको बिदाइ गरिएको हो ।

बिदाइ कार्यक्रममा बोल्दै कप्तान रोहित पौडेलले तयारी राम्रो भइरहेको उल्लेख गर्दै सक्दो राम्रो खेलेर जितेर फर्कने बताए । उनले भने–‘अहिले टिमको रूपमा निकै सन्तुलित छ जस्तो लाग्छ, केहीले कम्ब्याक पनि गर्नुभाको छ, विश्वकपका लागि राम्रो तयारी हुन्छ, राम्रो खेल्ने छौं ।’

त्यस्तै यस शृंखलाका लागि नेपालको प्रशिक्षक रहेका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अभ्यास राम्रो भएको र आगामी महत्त्वपूर्ण खेलका लागि राम्रो तयारी हुने बताए ।

[insert page='339505' display='yopanipadhnuhos.php']

आयोजक हङकङसहित नेपाल, कुवेत र कतार सहभागी हुने यस प्रतियोगितामा सबै टोलीले एकअर्कासँग १–१ खेल खेलेपछि चार टिममध्ये शीर्ष २ टोली फाइनल खेल्नेछन् ।

यस शृंखलाका लागि कप्तान रोहित पौडेलको कप्तानीमा टोली घोषणा भएको छ जसमा केही खेलाडीले पुनरागमन गरेका छन् भने नाम चलेका खेलाडीहरु अटाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077