Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

गोलकिपर अन्जनाले किन छाडिन् त्रिभुवन आर्मी क्लव ?

गोलकिपर अन्जनाले किन छाडिन् त्रिभुवन आर्मी क्लव ?

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलकिपर अन्जना राना मगर विभागीय टोली नेपाल एपीएफ क्लबमा अनुबन्ध भएकी छन् ।

विगत ९ वर्षदेखि त्रिभुवन आर्मी क्लबबाट घरेलु फुटबल खेल्दै आएकी अन्जनाले अब एपीएफको जर्सीमा फुटबल खेल्नेछिन् ।

नेपाली राष्ट्रिय महिला फुटबल टिम तथा एपीएफकी पहिलो रोजाइकी गोलकिपर एञ्जिला तुम्बापो सुब्बा हाल ग्रीसमा व्यावसायिक फुटबल खेल्दै छिन् ।

एपीएफले अन्जनालाई करारमा अनुबन्ध गरेको जनाएको छ । एन्जिला ग्रीसमा खेल्दा सावित्री किसनले एपीएफको पोष्ट सम्हालेकी थिइन् । अब भने एपीएफको पोष्ट अन्जनाले सम्हाल्नेछिन् ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077