Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

‘पिताम्बर’ अष्ट्रेलियामा पनि रिलिज हुँदै, पहिलो दिनमै सयभन्दा बढी 'शो' !

‘पिताम्बर’ अष्ट्रेलियामा पनि रिलिज हुँदै, पहिलो दिनमै सयभन्दा बढी 'शो' !

सोमवार , चैत्र २४, २०८१

काठमाडौं । नेपाली फिल्म ‘पिताम्बर’ यही शुक्रबार नेपालसँगै अष्ट्रेलियामा पनि एकसाथ रिलिज हुँदैछ ।

अष्ट्रेलियाली बक्स अफिसमा फिल्मको प्रदर्शन नमस्ते इन्टरटेनमेन्ट र रगडेल ब्वाइजले संयुक्त रूपमा व्यवस्थापन गरेका हुन् ।

रगडेल ब्वाइजका शीतल गिरीले लोकप्रिय कलाकारहरूको सशक्त उपस्थिति भएकाले पिताम्बर अष्ट्रेलियामा रिलिज गर्ने निर्णय गरेको जानकारी दिए ।

उनले फिल्मको एडभान्स टिकट बुकिङ अष्ट्रेलियामा सुरु भइसकेको बताए । ‘पिताम्बर’ ले अष्ट्रेलियाभर पहिलो दिनमै सयभन्दा बढी शो पाएको छ । हॉयट्स, इभेन्ट्स, रिडिङ, भिलेज, र लाईमलाइट जस्ता चर्चित हलहरूमा यसको प्रदर्शन हुने तय भएको छ ।

कृषा चौलागाईंको निर्देशनमा तयार भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, कामेश्वर चौरासिया लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077