Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

राष्ट्रिय एकताका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौं : प्रधानमन्त्री ओली

राष्ट्रिय एकताका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौं : प्रधानमन्त्री ओली

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक समिति बनाएर संविधान संशोधनका काम गरिने बताएका छन्।

मधेस प्रदेश सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

कार्यान्वयनको अनुभवका आधारमा विद्यमान व्यवस्थालाई सबल बनाउने लक्ष्यका लागि संविधान संशोधन गर्न लागिएको पनि उनको भनाइ छ।

प्रधानमन्त्री ओलीले समयको विकास र अनुभवका आधारमा विद्यमान प्रणालीलाई बलियो बनाउन तथा सुशासन र विकासका लागि उचित समयमा संविधान संशोधन हुने बताए।

प्रधानमन्त्री ओलीलेने,‘सामाजिक सद्भाव र राष्ट्रिय एकता बनाउनका लागि उपयुक्त समयमा संविधान संशोधन गर्छौं । त्यसका लागि एउटा नेकपा एमाले र नेपाली कांग्रेसको यो संयुक्त सरकारबाट राजनीतिक समिति बनाउँछौं तर प्याण्डोराका बाकस खोलेजस्तो गर्दैनौं। प्रगितमनका लागि ढोका खोल्न संविधान संशोधन गर्दैनौँ।’

प्रधानमन्त्री ओलीले लोकतान्त्रिक गणतन्त्रको व्यवस्था जनताको सङ्घर्षको जगमा ल्याइएकाले यस व्यवस्थालाई सुव्यवस्थित बनाएर अगाडि बनाउने काम सबैको भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले अनावश्यक हल्ला चलाइएको भए पनि दुई छिमेकीसँग हाम्रो राम्रो सम्बन्ध रहेको बताए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077