Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

ओलीलक्षित झलनाथको टीप्पणी - कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्

ओलीलक्षित झलनाथको टीप्पणी - कांग्रेसको बुई चढेर म्याउँम्याउँ गर्दैछन्

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष केपी शर्मा ओली कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताएका छन् ।

कोशी प्रदेश कमिटी प्रथम अधिवेशन समुद्घाटन समारोहलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले उक्त आरोप लगाएका हुन् ।

उनले नेता खनालले ओली आफू प्रधानमन्त्री भएपछि कांग्रेसको सहमतिविना केही पनि गर्न नसक्ने टिप्पणी गरे।

नेता खनालले भने, ‘अहिले एमालेको नेतृत्वले कांग्रेससँग साँठगाँठ गरिरहेको छ । जसले कांग्रेसको बुईमा चढेर म्याउँम्याउँ गर्छ । कुनै सुधार र प्रगतिशील नीति कार्यक्रम ल्याउन सकेको छैन । कांग्रेसको सहमतिविना केही पनि गर्न सक्दैन । कांग्रेस यथास्थितिवादभन्दा बाहिर जानै सक्दैन । त्यसैले कम्युनिष्ट पार्टीहरूले पनि यथास्थितिवादमा रहेर कतै जान सकिँदैन।’

उनले ओली अहिले कांग्रेसको बुई चढेर म्याउँम्याउँ गरिरहेको बताए । उनले हिजो माओवादीले पनि सरकारमा हुँदा केही गर्न नसकेको भन्दै तर्क गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077