Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

६८औँ खेलकुद च्याम्पियनसिप : हङकङ तेक्वान्दो एसोसिएसनको दबदबा, जित्यो १४ पदक !

६८औँ खेलकुद च्याम्पियनसिप : हङकङ तेक्वान्दो एसोसिएसनको दबदबा, जित्यो १४ पदक !

मंगलवार , चैत्र २५, २०८१

काठमाडौं । हङकङको काउलुन स्टुडियोमा सम्पन्न ६८औँ खेलकुद च्याम्पियनसिप महोत्सवमा फरेनर्स हङकङ तेक्वान्दो एसोसिएसन (एफएचकेटीए)ले प्रभावशाली प्रदर्शन गर्दै १४ पदक जितेको छ ।

स्पाइरिङ, स्पिड किक र प्याटन विधामा आयोजित यस प्रतियोगितामा एफएचकेटीएले पाँच स्वर्ण, पाँच रजत र चार कांस्य पदक हात पार्न सफल भएको हो ।

हङकङ र चीनका गरी करिब १५ वटा संस्थाको सहभागिता रहेको प्रतियोगितामा झन्डै ४ सय खेलाडीहरूले प्रतिस्पर्धा गरेका थिए ।

एफएचकेटीएका संयोजक चेतन गुरुङका अनुसार, संस्थाबाट १२ जना खेलाडीले सहभागिता जनाएका थिए । सन् २००८ मा आठ जना नेपाली प्रशिक्षकको पहलमा स्थापना भएको एफएचकेटीए नाफा कमाउने उद्देश्यले नभई सामाजिक उत्तरदायित्व वहन गर्ने लक्ष्यसहित अघि बढेको संस्था हो ।

गुरुङका अनुसार, यही कारण एफएचकेटीएलाई क्लबको रूपमा नभई संस्थाको रूपमा दर्ता गरिएको हो। प्रतियोगितामा माध्यमिक तहका विद्यार्थीहरूको सहभागीता उल्लेख्य रहेको थियो ।

त्यसमध्ये संयोजक गुरुङका छोरा नोएल गुरुङले स्पाइरिङ र स्पिड किक दुवै विधामा उत्कृष्ट प्रदर्शन गर्दै दुईवटा स्वर्ण पदक जित्न सफल भएका छन् ।

नोएलले यसअघि पनि अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पदक जितिसकेका छन्। उनले अघिल्लो वर्ष मकाउमा सम्पन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा रजत पदक तथा त्यसअघिको वर्ष एसिएन गेममा कांस्य पदक जितेका थिए ।

एफएचकेटीएले हरेक वर्ष यस स्थानीय च्याम्पियनसिपमा नियमित रूपमा सहभागी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077