काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा नेपाल कतारविरुद्ध फिल्डिङ गरिरहेको छ । नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्रिय पुरुष क्रिकेट टोली ५ महिनापछि अन्तर्राष्ट्रिय क्रिकेटमा फर्किएको छ । नेपाल प्रिमियर लिग, प्रधानमन्त्री कप, एलिट कप बहु दिवसीय क्रिकेटदेखि विभिन्न घरेलु लिग खेलेका नेपाली खेलाडी ५ महिनादेखि अन्तर्राष्ट्रिय खेल खेलेका थिएनन् ।
आजदेखि शुरू भएको चारदेशीय सिरिजमा नेपाल, हङकङसहित कतार र कुवेत छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।
यो समाचार तयार पार्दासम्म कतार १२ ओभरमा ४ विकेट गुमाएर ८४ रनमा खेलिरहेको छ ।