Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चारदेशीय टी–२० सिरिज : कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

चारदेशीय टी–२० सिरिज : कतारले नेपाललाई दियो १५२ रनको लक्ष्य

बुधवार , चैत्र २६, २०८१

काठमाडौं । हङकङमा जारी चारदेशीय टी–२० अन्तर्राष्ट्रिय शृङ्खलामा कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनाएको हो ।

कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।

नेपालका लागि करण केसी, सोमपाल कामि, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १-१ विकेट हात पारे ।

यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् । सिरिजमा प्रत्येक टोलीले प्रत्येकसँग खेल्नेछ । शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077