Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

आईपीएलमा गुजरात शीर्ष स्थानमा उक्लियो

आईपीएलमा गुजरात शीर्ष स्थानमा उक्लियो

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गुजरात टाइटन्सले राजस्थान रोयल्सलाई ५८ रनले हराएको छ ।

गएराति भएको खेलमा गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै १ सय ५९ रनमा अल आउट भयो ।

जीतसँगै दिल्ली क्यापिटल्सलाई उछिन्दै गुजरात अङ्क तालिकाको शीर्षस्थानमा उक्लिएको छ ।

राजस्थानका सिम्रन हेटमेरले सर्वाधिक ५२ रन बनाए । कप्तान सन्जु सामसनले ४१ र रियान परागले २६ रन जोडे । गुजरातका प्रसिद्ध कृष्णाले ३ विकेट लिए । रसिद खान र साई किशोरले समान २ विकेट लिए ।

त्यसअघि नरेन्द्र मोदी स्टेडियममा पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १७ रन बनाएको थियो ।

गुजरातका साई सुदर्शनले सर्वाधिक ८२ रन बनाए । जस बटलर र शाहरुख खानले समान ३६ रन जोडे । राजस्थानका तुसार देशपाण्डे र महिश थेकसानालेनसमाले समान २ तथा जोफ्रा आर्चर र सन्दीप शर्माले १/१ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077