Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

टस जितेर कुवेतविरुद्ध बलिङ गर्दै नेपाल

टस जितेर कुवेतविरुद्ध बलिङ गर्दै नेपाल

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । चारदेशीय टी-२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोस्रो खेलमा नेपालले टस जितेर बलिङ गर्दैछ ।

हङकङको मङकङस्थित मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहित पौडेलले कुवेतविरुद्ध टस जितेर बलिङ गर्ने निर्णय लिएका हुन् ।

यो चारदेशीय टी–२० आई सिरिजको तेस्रो खेल हो । पहिलो खेलमा बुधबार नेपालले कतारलाई आठ विकेटले पराजित गरेको थियो । बुधबार कतारले जितका लागि दिएको १५२ रनको लक्ष्य नेपालले १७ ओभरमा दुई विकेट गुमाउँदै पूरा गरेको थियो ।

यस्तै, सिरिजको दोस्रो खेलमा बुधबार नै कुवेतले घरेलु टोली हङकङलाई चार विकेटले हराएको छ । आजको खेलमा दुवै टोली दोस्रो जितको खोजीमा हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077