Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोना र पीएसजी विजयी

युरोपेली च्याम्पियन्स लिग : बार्सिलोना र पीएसजी विजयी

बिहिवार , चैत्र २७, २०८१

एजेन्सी । युरोपेली च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई हराएको छ ।

गएराति भएको खेलमा बार्सिलोनाले बोरुसिया डर्टमन्डलाई ४–० गोल अन्तरले हराएको हो । यस्तै गएराति भएको अर्को खेलमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले एस्टन भिलालाई ३–१ गोल अन्तरले हराएको छ ।

बुधबार राति घरेलु मैदान पार्क डे प्रिन्सेसमा भएको खेलमा पीएसजीले १–० ले पछि परेको स्थिति उल्ट्याउँदै जित निकालेको हो ।

पीएसजीको जितमा डेसाइर डोइ, खभिचा काभारत्स्खेलिया र नुनो मेन्डेसले गोल गरे । पाहुना टिमका मोर्गन रोजर्सले एक गोल गरेका थिए ।

यसअघिको खेलमा आर्सनलले रियल म्याड्रिडलाई र इन्टर मिलानले बायर्न म्युनिखलाई हराएका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077