काठमाडौं । चारदेशीय टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको दोस्रो खेलमा कुवेतले नेपाललाई १८६ रनको लक्ष्य दिएको छ ।
हङकङको मङककस्थित मिसन रोड ग्राउन्डमा टस हारेर ब्याटिङको निम्तो पाएको कुवेतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १८५ रन बनाएको हो ।
कुवेतका लागि ओपनर क्लिन्टो एन्टो लेस सर्वाधिक ४१ रन बनाए । उनले ३० बलमा ४चौका र २ छक्का प्रहार गरे ।
अर्का ओपनर रविजा सान्र्दुवानले २६ रन बनाए। मित भावसारले ३५ उस्मान पटेलले १३ विलाल ताहिरले ३२ रन बनाए। कप्तान मोहम्मद आस्लम १७ र यासिन पटेल ३ रनमा अविजित रहे। लगिि
नेपालका लागि बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए। नन्दन यादवले २ विकेट लिँदा, ललित राजवंशी र कुशल भुर्तेलले १/१ विकेट लिए। यो समाचार तयार पर्दा सम्म नेपालले १०.३ ओभरमा ९७ रन बनाएर खेलिरहेको छ ।
नेपालले पहिलो खेलमा कतारलाई ८ विकेटले हराएको थियो।