Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

राजस्थानका कप्तान सन्जुलाई २४ लाख जरिवाना

राजस्थानका कप्तान सन्जुलाई २४ लाख जरिवाना

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सका कप्तान सन्जु सामसनलाई २४ लाख जरिवाना लागेको छ ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले कप्तान सामसन र उनको टिमलाई ‘स्लो ओभर रेट’को जरिवाना लगाएको हो।

बुधबार अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट रंगशालामा गुजरात टाइटन्ससँगको खेलमा २० ओभरको खेल निर्धारित समयमा नसकेपछि जरिवाना लागेको हो।

आईपीएलको आचारसंहितामा २ पटकसम्म एउटै टिमको कप्तानलाई दोस्रो पटक ओभर रेटको उल्लंघन गरेमा २४ लाख जरिवाना तिराउने व्यवस्था छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077