Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

चेन्नईको कप्तानीमा फर्किए धोनी

चेन्नईको कप्तानीमा फर्किए धोनी

बिहिवार , चैत्र २७, २०८१

काठमाडौं । चेन्नई सुपर किंग्सका पूर्व कप्तान एमएस धोनीले फेरि टोलीको कप्तानी सम्हाल्ने भएका छन् ।

कप्तान ऋतुराज गायकवाड चोटका कारण आइपीएलको १८औं संस्करणबाट बाहिरिएसँगै धोनी फेरि टोलीको कप्तानीमा फर्किएका हुन्।

गायकवाडको कप्तानीमा चेन्नई कमजोर प्रदर्शन गर्दै आएको थियो। टोली अघिल्लो सिजन प्लेअफमा पुग्न असफल भएको थियो भने यो सिजन सुरुवाती ५ खेलमध्ये ४ मा पराजित भइसकेको छ।

हाल चेन्नई अंक तालिकामा १० टोलीमध्ये नवौं स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077