Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

बेङ्गलुरुलाई हराउँदै दिल्लीको लगातार चौथो जित

बेङ्गलुरुलाई हराउँदै दिल्लीको लगातार चौथो जित

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेङ्गलुरुलाई पराजित गरेको छ ।

बिहीबार राति भएको खेलमा दिल्लीले घरेलु टोली बेङ्गलुरुलाई ६ विकेटले पराजित गरेको हो । बेङ्गलुरुले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको दिल्लीले १७ ओभर ५ बलमा चार विकेट गुमाउँदै १६९ रन बनायो ।

दिल्लीका लागि केएल राहुलले अविजित ९३ रन बनाए । ट्रिस्टन स्टब्सले पनि अविजित रहँदै ३८ रन जोडे । बेङ्गलुरुका भुवनेश्वर कुमारले दुई विकेट लिए ।

त्यसअघि एम चिन्नास्वामी स्टेडियममा बेङ्गलुरुले टस हारेर पहिला ब्याटिङ गरेको घरेलु टोलीले सात विकेट गुमाउँदै १६३ रन बनाएको थियो । बेङ्गलुरुका फिल साल्ट र टिम डेभिडले समान ३७ रन बनाए ।

दिल्लीका विपराज निगम र कुलदीप यादवले समान दुई विकेट लिए । यो नतिजासँगै दिल्ली लगातार चार खेल जित्दै आठ अङ्कका साथ प्रतियोगितामा दोस्रो स्थानमा छ ।

समान अङ्क रहेको गुजरात टाइटन्स रनरेटको आधारमा शीर्ष स्थानमा छ । पाँच खेल खेलेको बेङ्गलुरु भने ६ अङ्कका साथ तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077