Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

उपत्यकाका नापी प्रमुखः दिउँसै मदिरा सेवन गर्नेदेखि नक्कली मोही बनाइ करोडौं घुस असुल्नेसम्म

उपत्यकाका नापी प्रमुखः दिउँसै मदिरा सेवन गर्नेदेखि नक्कली मोही बनाइ करोडौं घुस असुल्नेसम्म

शुक्रवार , चैत्र २८, २०८१

काठमाडौं । भूमि व्यवस्था मन्त्रालयका सचिव अर्जुन पोखरेलले जाँदाजाँदै उपत्यकाका केही नापी प्रमुखहरूको सरुवा गर्न खोजेका छन् । उनी यही वैशाख २ गतेबाट अवकाश पाउँदैछन् । वैशाख १ गते सार्वजनिक बिदा छ । त्यो दिन उनी कार्यालय जान पाउँदैनन् । दुई गतेबाट उनले अवकाश पाउँदैछन् ।

तर उपत्यकाका केही नापी प्रमुखहरूको भने तत्कालै सरुवा गर्नैपर्ने अवस्था रहेको मन्त्रालय स्रोतले बतायो । खासगरी कलंकी नापी प्रमुख केशव लेखक र चाबहिल नापी प्रमुख ज्ञानेन्द्र विष्ट विवादित बनेका छन् ।

उनीहरुलाई कलंकी र चावहिलमा अझै राख्ने हो भने त्यहाँबाट सम्पादन हुने काम झनै विवादित र समस्या हुन सक्ने मन्त्रालयको बुझाइ छ ।

चावहिल क्षेत्रभित्र पर्ने जग्गामा छुट जग्गादर्ताको नाममा नक्कली मोही खडा गरी करोडौं रुपैयाँ बरारबरको घुस खाने गरेको आरोप विष्टमाथि लागेको छ । आफ्नो जागिरे जीवनमा विष्टले सधै शक्ति प्रयोग गर्ने गरेका छन् ।

उनी सधैं आकर्षक कार्यालयम बस्ने गरेका छन् । लामो समयसम्म उनी भक्तपुर नापी कार्यालयका प्रमुख भएका थिए । विभागमा थोरै समयमा सरुवा हुँदा उनलाई ठूलो छटपटी भएको थियो ।

‘उहाँलाई उपत्यका चाहिन्छ । त्यो पनि विभाग र मन्त्रालयमा होइन, उपत्यकाका नापी कार्यालयमै चाहिन्छ’ मन्त्रायका एक कर्मचारीले भने । विष्टले सुदूरपश्चिम क्षेत्रको नाता जोडेर सधै आकर्षक कार्यालयमा बस्ने गर्छन् । तर उनी जहाँ जहाँ बस्छन्, त्यहाँ विवादित हुने गरेका छन् । उनले राम्रो काम गरेको भन्ने कहीँ सुनिन्न ।

त्यसैगरी कलंकी नापी प्रमुख केशव लेखकमाथि दिउसै मदिरा सेबन गरेर कार्यालयमा जाने गरेको आरोप छ । त्यस्तो हर्कतबाट कलंकी नापी कार्यालयमा कार्यरत सबै कर्मचारीहरुको बेइज्जत हुने गरेको छ ।

कलंकीमा उनी जति दिन बस्छन्, त्यति दिन कार्यालयको छवि विग्रदै जाने निश्चित छ । केशव गृहमन्त्री रमेश लेखकका नातेदार पर्ने बताइन्छ ।

‘गृहमन्त्रीज्यूको नातेदार भएका कारणले अहिलेसम्म उहाँ टिक्नुभएको हो । अब धरै दिन राख्न सक्ने अवस्था छैन । कार्यालयकै बेइज्जत भइसक्यो । तुरुन्त सरुवा नगर्ने हो भने अर्को समस्या आउन सक्छ’ मन्त्रालयका एक कर्मचारीले भने,'उहाँमा कार्यालय प्रमुखमा हुनुपर्ने न्यूनतम अनुशासनसमेत छैन ।

उपत्यकाका कुनै एक नापी कार्यलयबाट कार्यालय प्रमुखलाई सरुवा गराई खाली ठाउँमा जान नापी कार्यालय धनुषाका प्रमुख उमेशकुमार साह तेली लागिपरेका छन् । उनी केही दिनदेखि काठमाडौंमा बसिरहेका छन् ।

उनले दिनहुँजसो मन्त्रालयमा आउने र उच्चतहका कर्मचारीसँग भेट्ने गरेका छन् । मन्त्रालयमा भेटेर कुरा मिलेपछि उनले आफ्नो आफ्नो काज भक्तपुरमा भएको भनी बुधबार जनकपुरमा भोजभतेर समेत गरिसकेका छन् ।

उमेशकुमारलाई पनि विष्टलाई जस्तै सधैं उपत्यकाकै नापी कार्यालय चाहिन्छ । त्यो पनि ललितपुर, भक्तपुर जस्ता आकर्षक कार्यालय चाहिन्छ ।

उनी एक बर्षअघिसम्म ललितपुर नापी कार्यालयमा कार्यरत थिए । उनले नापी कार्यालयमा नांगो ढंगले घुस संकलन गर्न थालेपछि अख्तियारले उनी मातहतका ३ भन्दा बढी कर्मचारीलाई लाखौं घुस लिंदालिंदै नियन्त्रणमा लिएको थियो । उनले ललितपुरका जग्गा कारोबारीहरुसँग घुसमा घडेरी नदिएसम्म कामै नगरी झुलाउने र दुःख दिएर हैरान पार्ने काम गरेका थिए ।

अख्तियारले पटक पटक घुस लिंदालिंदै कर्मचारी पक्राउ गरेपछि भूमिब्यवस्था मन्त्रालयले उनलाई सरुवा गर्न बाध्य भएको थियो । तत्कालीन भूमिब्यवस्था सचिव गोकर्णमणि दवाडीले उनलाई धनुषा नापी कार्यालयमा सरुवा गरेपछि उनले निजामती सेवा ऐन बिपरीत सरकारका बिरुद्ध मुद्दाा हालेर केही समय ललितपुर मालपोतमा अन्तरिम आदेशका भरमा काम गरेका थिए ।

ललितपुरमा सरुवा भएका रमेशकुमार ज्ञवालीलाई हाजिर हुन नदिने कार्यमा उनले साम दाम सबै प्रयोग गरेका थिए । तर अदालतले उनका कर्तुत सबै थाहा पाएपछि अन्तरिम आदेशलाई निरन्तरता नदिएपछि बाध्य भएर उनी रमाना बुझेर धनुषामा गएका थिए । तिनै अनुशासनहीन र सरकारका बिरुद्ध मुद्दा हाल्ने प्रमुख नापी अधिकृत उमेशकुमारलाई पुनः भक्तपुर ल्याउने खेल भइरहेको छ ।

काठमाडौमा आउन अर्का विवादित प्रमुख नापी अधिकृत शत्रुधन सिंह यादव पनि लागेका छन् । अहिले उनी दमक नापी कार्यालयका प्रमुख छन् । राम्रो जग्गा कारोबार हुने दमकमा समेत उनी बस्न चाहेका छैनन् ।

उनलाई लाखौं दैनिक लाख घुस खानका लागि ललितपुर, भक्तपुर, चावहिल र कलंकी नै चाहिएको छ । मन्त्रालयले उनलाई धनुषामा सरुवा गर्यो । तर उनी सरुवा गरेको ठाउँमा गएनन् । पछि बाध्य भएर दमक पुगेका थिए । उनले पनि काठमाडौमा आउन शक्तिकेन्द्रमा सेटिङ गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077