Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

अर्थमन्त्री पौडेल भन्छन् - राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ

अर्थमन्त्री पौडेल भन्छन् - राजावादी र प्रतिगामीलाई सडकमै पछार्नुपर्छ

शुक्रवार , चैत्र २८, २०८१

बुटवल । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नुपर्ने बताएका छन्।

बुटवलमा नेकपा एमालेले गरेको जनजागरण सभालाई सम्बोधन गर्दै अर्थमन्त्री पौडेलले सो कुरा बताएका हुन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा सबै एकजुट हुनुपर्ने धारणा राखे।

अर्थमन्त्री पौडेलले भने,‘दरबारिया र राजतन्त्रका मतियारलाई कहिल्यै नउठ्ने गरी सडकमा पछार्नुपर्छ । प्रतिगामी तत्व र राजावादीको कुनै भविष्य छैन, राजनीतिक दलहरूले नै हो मुलुकलाई अगाडि बढाउने हो ।’

प्रधानमन्त्री केपी ओलीविरुद्ध प्रतिगामी र दक्षिणपन्थीहरूले लगातार प्रहार गरिरहेको भन्दै पौडेलले उनीहरूको प्रयास सफल नहुने दावी गरे।

अर्थमन्त्री पौडेलले नयाँ दलहरूसंग पनि असन्तुष्ट सुनिए । नयाँ दलहरूसँग कुनै विचार, सिद्धान्त, दृष्टिकोण र गन्तव्य नभएको आरोप लगाउँदै उनले लोकप्रियतावादी र अवसरवादी मात्रै भएको टिप्पणी गरे।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077