Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भव्यताका साथ मनाइयो 'चौथो चैतन्य कला–संस्कृति उत्सव' !

भव्यताका साथ मनाइयो 'चौथो चैतन्य कला–संस्कृति उत्सव' !

शुक्रवार , चैत्र २८, २०८१

धनगढी । नववर्ष २०८२ को अवसरमा धनगढी–५ मा अवस्थित चैतन्य पाठशालाले चौथो चैतन्य कला–संस्कृति उत्सव भव्य रूपमा सम्पन्न गरेको छ ।

“कला–संस्कृति हाम्रो पहिचान, मौलिकता हाम्रो शान” भन्ने मूल नाराका साथ सम्पन्न उक्त उत्सवले शिक्षा, समाज र संस्कृति क्षेत्रलाई एकै थलोमा जोड्न सफल भएको हो ।

कार्यक्रमको सभापतित्व पाठशालाका पिटीए अध्यक्ष ईश्वर गिरीले गरेका थिए भने प्रमुख आतिथ्य सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री सरस्वती खड्काले गरेकी थिइन् ।

कार्यक्रममा लोकप्रिय देउडा गायिका गौरी भट्ट, लोकगायिका निर्मला कार्की, कलाकार हुकुम देउवा, सुरेन्द्र संगम नेतृत्वको कलाकारहरूको प्रस्तुतीले दर्शकहरूलाई मन्त्रमुग्ध बनाएको थियो । देउडा, लोकगान, नृत्य लगायतका सांस्कृतिक कार्यक्रमहरूले उत्सवमा रौनक थपेका थिए।

मुख्य अतिथि मन्त्री खड्काले चैतन्य पाठशालाले निरन्तर आयोजना गर्दै आएका यस्ता कार्यक्रमहरूले विद्यार्थीहरूको सामाजिकिकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनुका साथै मौलिक कला–संस्कृति संरक्षणमा समेत विशिष्ट भूमिका खेलेको उल्लेख गरिन् । उनले चैतन्य पाठशालालाई सुदूरपश्चिम मात्र नभई सम्पूर्ण देशकै उत्कृष्ट शैक्षिक संस्था भएको भन्दै प्रशंसा जनाइन् ।

पाठशालाका प्रधानाध्यापकले यस्ता अतिरिक्त गतिविधिहरूमा अभिभावक, शुभचिन्तक तथा समुदायबाट प्राप्त साथ–सहयोगले थप ऊर्जा प्रदान गरेको उल्लेख गर्दै आगामी दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राखेका छन् ।

कार्यक्रममा पाठशालाका अध्यक्ष गणेशप्रसाद जोशी, डाइरेक्टर कट्कबहादुर सिंह, शिक्षक–शिक्षिका, अभिभावक, कलाकार, पत्रकार तथा विद्यार्थीहरूको समेत उल्लेखनीय उपस्थिति रहेको थियो। चैतन्य पाठशालाले समय–समयमा आयोजना गर्ने यस्ता सांस्कृतिक कार्यक्रमहरूले सुदूरपश्चिम क्षेत्रको कला–संस्कृति जगेर्नामा सशक्त योगदान दिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077