काठमाडौं । चार दलीय समाजवादी मोर्चा, नेपालले सर्वदलीय सहमतिमा संसदको विशेष अधिवेशन आह्वान गर्न सरकारसँग माग गरेको छ ।
शुक्रबार मोर्चाका संयोजक नेत्रत्रिवक्रम चन्द 'विप्लव'ले प्रेस वक्तव्य जारी गर्दै विशेष अधिवेशन आह्वान गरेका हुन् ।
वक्तव्यमा शिक्षकहरूको न्यायोचित मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षा क्षेत्रको गुणस्तरीय सुधार तथा शिक्षकहरूको हक–अधिकारको पक्षमा उठेका आवाजलाई सकारात्मक रूपमा लिएको उल्लेख छ ।
मोर्चाले शिक्षकका उठान गरिएका मागहरू पुरा गर्न, शिक्षा प्रणालीमा सुधार गर्न र संविधानद्वारा प्रत्याभूत शिक्षाको हक सुनिश्चित गर्न सरकारसँग जोडदार अपिल गरेको छ ।