Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

धोनीको कप्तानीमा पनि हार्‍यो चेन्‍नई, कोलकाताको सहज जित

धोनीको कप्तानीमा पनि हार्‍यो चेन्‍नई, कोलकाताको सहज जित

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले चेन्नई सुपर किङ्सलाई पराजित गरेको छ ।
महेन्द्रसिंह धोनी कप्तानी जिम्मेवारीमा फर्किएकै दिन हिजो चेन्नई कोलकातासँग आठ विकेटले पराजित भएको हो ।

चेन्नईले दिएको १०४ रनको लक्ष्य पछ्याएको कोलकाताले १० ओभर एक बलमा दुई विकेट गुमाउँदै १०७ रन बनायो । कोलकाताको जीतमा सुनील नारायणले सर्वाधिक ४४ रन बनाए । क्विन्टन डि ककले २३ रन जोडे ।

चेन्नईका नूर अहमद र अन्सुल कामबोजले समान एक विकेट लिए । त्यसअघि एमए चिदम्बरम स्टेडियम, चेपौकमा टस हारेर पहिला ब्याटिङ गरेको चेन्नईले नौ विकेट गुमाउँदै १०३ रन बनाएको थियो ।

चेन्नईका शिवम दुबेले अविजित ३१ रन बनाए । विजय शंकरले २९ रन जोडे । कोलकाताका सुनील नारायणले तीन विकेट लिए । हर्षित राना र वरुण चक्रवर्तीले समान दुई विकेट लिँदा वैभव अरोरा र मोइन अलीले एकरएक विकेट लिए ।

जितसँगै तेस्रो स्थानमा उक्लिएको कोलकाताले ६ खेलबाट ६ अङ्क पुर्‍याएको छ । चेन्नईको भने यो लगातार पाँचौं हार हो । चेन्नई दुई अङ्कका साथ नवौं स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077