Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चारदेशीय टी–२० श्रृङ्खला : हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

चारदेशीय टी–२० श्रृङ्खला : हङकङविरुद्ध टस जितेर बलिङ गर्दै नेपाल

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । चारदेशीय टी-२० श्रृङ्खलाको समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध नेपालले टस जितेर बलिङ रोजेको छ।

मिसन रोड मैदानमा हुने खेलमा नेपालले हङकङलाई ब्याटिङको निम्तो दिएको हो। अपराजित नेपाल ह्याट्रिक जितको लक्ष्यमा छ ।

नेपालले पहिलो खेलमा कतारलाई ८ विकेट र दोस्रो खेलमा कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

नेपाल यस अगाडि ओमानमा आयोजित एसिसी प्रिमियर कपमा ४ विकेटले पराजित हुँदा एसिया कप गुमाएको थियो।

नेपालले दुई खेलबाट चार अंक जोडेको छ। यसैगरी ३ खेलबाट कवेतले ४ अंक जोडेको छ भने हङकङले २ खेलमा २ अंक जोडेको छ। कतार र कुवेत पनि आजै आमनेसामने हुँदैछन्।

आजको खेल जित्न नसकेमा नेपालले कतार र कुवेतविरुद्धको नतिजा कुर्नुपर्नेछ। यता पहिलो खेलमा हङकङ कुवेतसँग चार विकेटको हार बेहोरेको थियो।

तर अर्को खेलमा कतारविरुद्ध ६८ रनको जित निकालेको थियो। शीर्ष टोली फाइनलमा पुग्नेछ, तेस्रो र चौथो टोलीले तेस्रो स्थानका लागि आइतबार खेल्नेछन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077