काठमाडौं । वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले पूर्वराजालाई संसदीय समितिमा बोलाउन नमिल्ने बताएका छन् ।
पूर्वराजा ज्ञानेन्द्र शाहलाई संसदीय समितिमा बोलाउनुपर्नेमा संसदहरुले जोड दिएपछि वरिष्ठ अधिवक्ता भट्टराईले सो कुरा बताएका हुन् ।
पूर्वराजा शाहको उक्साहटमा चैत १५ गते तीनकुने घटना भएको भन्दै उनलाई संसदीय समितिमा बोलाउनुका साथै कारवाहीको दायरा ल्याउनुपर्ने आवाज उठ्न थालेपछि आज सामाजिक सञ्जालमार्फत अधिवक्ता भट्टराईले संसदीय अभ्यास, मूल्य, मान्यताका आधारमा त्यसो गर्न नमिल्ने बताए।
वरिष्ठ अधिवक्ता भट्टराईले लेखेका छन्,'किन कारबाही भएन बनेर प्रधानमन्त्री र गृहमन्त्रीलाई संसद्ले जबाफदेही बनाउन सक्छ तर एउटा नागरिकलाई सिधै संसदमा बोलाउन मिल्दैन ।'
संसद्ले कार्यकारी अधिकार नभएको नागरिकलाई सिधै संसदमा बोलाउन नमिल्ने र त्यसो गरिएमा स्वयं संसदीय गरिमाको मूल्य मान्यतामा प्रश्न उठ्ने उनको भनाइ छ ।