काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारका कामकारबाहीको खबरदारी गरिरहनुपर्ने बताएका छन्।
काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता कोइरालाले सो कुरा बताएका हुन्। सरकारका कामकारबाहीको खबरदारी नगरिए कांग्रेस नै अप्ठ्यारोमा पर्ने नेता कोइरालाको भनाइ छ।
उनले सरकारमा पार्टीको सहभागिता रहेपनि प्रश्न गरिरहनुपर्ने धारणा राखे । कांग्रेसको प्रमुख प्रतिस्पर्धी एमाले रहेकाले पनि ओली नेतृत्वको सरकारलाई पार्टीले खबरदारी गरिरहनुपर्ने उनको भनाइ छ ।
सरकारले सुशासन दिन नसकेको पनि कोइरालाको भनाइ छ । कांग्रेसले एमालेलाई प्रतिस्पर्धीका रूपमा लिनुपर्ने बताए।
भविष्यको पनि प्रतिष्पर्धी भएकाले एमालेसँग सोचेर अघि बढ्न जरुरी रहेको उनको भनाइ थियो।