Jun 27 2026 | २०८३, आषाढ १३ गते

27 Jun 2026 | शनिवार, आषाढ १३ गते २०८३

शनिवार, आषाढ १३ गते २०८३
images
images

योगी आदित्यनाथबारे देउवाको प्रष्टीकरण - गलत सूचनाको आधारमा बोलेछु

योगी आदित्यनाथबारे देउवाको प्रष्टीकरण - गलत सूचनाको आधारमा बोलेछु

शनिवार , चैत्र २९, २०८१

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उत्तर प्रदेशका मुख्यमन्त्रीबारे आफूले केही दिनअघि दिएको अभिव्यक्तिको खण्डन गरेका छन्।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै सभापति देउवाले यसअघि आफूले बोलेको भनाइ गलत सूचनाको आधारमा भएको प्रष्टीकरण दिएका हुन्।

केही दिनअघि सार्वजनिक कार्यक्रममा देउवाले योगी आदित्यनाथले दिल्लीस्थित नेपाली दूतावासमा आएर 'नेपालमा राजतन्त्रको पक्षमा छैन' भन्ने अभिव्यक्ति दिएको दाबी गरेका थियो।

तर, पछिल्लो कार्यक्रममा देउवाले मुख्यमन्त्री आदित्यनाथ नेपाली दूतावास नगएका स्पष्ट पारे।

सोही भनाइप्रति सभापति देउवाले मुख्यमन्त्री आदित्यनाथ दूतावास नआउनुभएको र भारतका लागि नेपाली राजदूत शंकरप्रसाद शर्माले मुख्यमन्त्रीलाई भेट्दा सो कुरा बताउनुभएको उल्लेख गरे ।

सभापति देउवाले वर्तमान सरकारको कामकारबाहीप्रति पनि चिन्ता व्यक्त गरे । उनले सरकारले जनताको पैसाको सदुपयोग गर्नुपर्ने र अनावश्यक खर्च रोक्नुपर्ने कुरामा जोड दिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077